अमेरिकामा घरमाथि जहाज खसेर आगलागी, पाइलटको मृत्यु

अमेरिकामा शनिबार दिउँसो एक सानो जहाज घरमाथि खसेको छ। मिनिसोटाको लोवाबाट मिनियापोलिस जाँदै गरेको SOCATA TBM7 नामक एकल इन्जिन जहाज ब्रुकलिन पार्क नगरको एक घरमा दुर्घटना भएको हो

ब्रुकलिन पार्ककी प्रवक्ता रिसीकट एडसोगुनाले घटनापछि जहाजमा आगलागी भएको र घरमा कुनै व्यक्तिको उपस्थिती नरहेको जानकारी दिएकी छन्।

एशोशियटेड प्रेसका अनुसार उक्त जहाजमा यात्रुहरूको संख्या खुलाइएको छैन, तर पाइलटको मृत्यु भएको पुष्टि गरिएको छ।

यस दुर्घटनाबारे संघीय उड्डयन कार्यालयले अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया