अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने

अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने निर्णय गरेको छ। ह्वाइट हाउसले युक्रेन शान्तिको प्रति प्रतिबद्धता नदिएको कारणले सैन्य सहयोग रोक्ने निर्णय गरेको बताएको छ।

अमेरिकी मिडिया ब्लूमबर्गका अनुसार, “युक्रेनका नेताहरूले शान्तिप्रति इमानदारीपूर्ण प्रतिबद्धता देखाए नभएसम्म अमेरिकाले युक्रेनलाई दिइरहेको सबै सैन्य सहयोग रोकिनेछ।”

यसमा अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

ब्लूमबर्गका अनुसार, युक्रेनलाई नपुगेका अमेरिकी सैन्य उपकरणहरू समेत रोकिनेछन्, जसमा पोल्याण्डमा रहेको सामाग्री पनि समावेश हुनेछ।

गत हप्ता ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र राष्ट्रपति ट्रम्प बीचको चर्को बहस पछि घटनाक्रममा तीव्र परिवर्तन आएको छ।

तपाईको प्रतिक्रिया