अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागू

काठमाडौं — काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताका लागि नयाँ मापदण्ड लागू हुने जानकारी गराएको छ।

दूतावासका अनुसार आगामी वैशाख १५ गतेदेखि सबै भिसा आवेदकले अन्तर्वार्तामा उपस्थित हुँदा डिएस-१६० भिसा आवेदन फारमको कन्फर्मेसन बारकोड नम्बर अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

दूतावासले स्पष्ट पारेको छ कि भिसा अन्तर्वार्ताको लागि अनलाइनमार्फत लिइएको अपोइन्टमेन्टमा प्रयोग गरिएको कन्फर्मेसन नम्बर र बारकोड नम्बर एकआपसमा मेल हुनुपर्छ। यदि नम्बरहरू मेल नभएमा, आवेदकलाई अन्तर्वार्तामा समावेश गराइने छैन।

त्यस्ता अवस्थामा आवेदकले नयाँ अपोइन्टमेन्ट बुक गरी आवेदन प्रक्रिया अघि बढाउनुपर्ने दूतावासले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया