अर्घाखाँचीको सन्धिखर्कमा आगलागी

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १० धरम्पानीमा आज बिहान आगलागी हुँदा २ घर र एक पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

प्रहरीका अनुसार, सन्धिखर्क १० धरम्पानीका बलबहादुर आचार्यको घरमा विद्युत सर्ट भएर आगो लागेको हो। आगलागीको खबर प्राप्त भएपछि स्थानीयवासी, प्रहरी र दमकलको संयुक्त प्रयासले आगो नियन्त्रणमा लिएको छ।

घटनामा भएको क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया