अर्जेन्टिनाले ब्राजिललाई ४-१ गोलले पराजित गर्दै विश्वकपमा छनोट

अर्जेन्टिनाले ब्राजिलविरुद्ध शानदार प्रदर्शन गर्दै ४-१ गोलको जित निकालेको छ।

विश्वकप २०२६ को छनोट अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको हो। ब्युनस आयर्समा भएको खेलको चौथो मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

१२ मिनेटपछि इन्जो फर्नान्डिजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। ब्राजिलका म्याथ्युज कुन्हाले २६ मिनेटमा एक गोल फर्काएपछि खेलको स्थिति २-१ भयो।

३७ मिनेटमा म्याक अलिस्टरको गोलपछि अर्जेन्टिना ३-१ को अग्रता लिएर पहिलो हाफमा उतरलो।

दोस्रो हाफको ७१ मिनेटमा गिउलियानो सिमोनले गोल गर्दै अर्जेन्टिनाको जीत पक्का गरे, जसले ४-१ को विजयी स्थिति बनायो।

अर्जेन्टिना, ब्राजिलसँगको खेल अघि नै विश्वकपमा छनोट भइसकेको थियो। उरुग्वे र बोलिभियाबीचको गोलरहित बराबरी खेलले अर्जेन्टिनालाई ४ खेल अगाडि नै विश्वकपमा स्थान पक्का गरेको थियो।

दक्षिण अमेरिकी छनोटको तालिकामा अर्जेन्टिना ३१ अंकसहित शीर्ष स्थानमा छ। ६ स्थानमा रहने टोलीहरू विश्वकपमा छनोट हुन्छन्, जबकि सातौं स्थानमा रहेको टोली प्लेअफ खेल्नेछ।

इक्वेडर २३ अंकसहित दोस्रो, उरुग्वे २१ अंकसहित तेस्रो, ब्राजिल २१ अंकसहित चौथो, पारागुए २१ अंकसहित पाँचौं र कोलम्बिया २० अंकसहित छैटौं स्थानमा छ। सातौं स्थानमा भेनेजुएलाले पनि २० अंक प्राप्त गरेको छ।

तपाईको प्रतिक्रिया