आईपीएल: आर्चरलाई ‘कालो ट्याक्सी’सँग तुलना गरेपछि कमेन्टेटर हरभजन सिंह विवादमा

भारतीय क्रिकेट टोलीका स्पिनर हरभजन सिंह आईपीएल २०२५ मा कमेन्ट्रीको कारण विवादमा परेका छन्।

यो विवाद आइतबार खेलिएको सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको खेलसँग सम्बन्धित छ।

त्यस खेलमा, इङ्गल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले राजस्थान रोयल्सका लागि १८औं ओभर बलिङ गरे। यस दौरान इशान किशन र हेनरिक क्लासेन पिचमा ब्याटिङ गरिरहेका थिए।

आर्चरको दोस्रो र तेस्रो बलमा क्लासेनले लगातार चौका प्रहार गरेपछि हरभजन सिंहले आर्चरलाई लन्डनमा चल्ने कालो ट्याक्सीसँग तुलना गर्दै टिप्पणी गरे। उनले भने, “लन्डनमा कालो ट्याक्सीको मिटर छिटो चल्छ, र यहाँ आर्चरको मिटर पनि छिटो चलिरहेको छ।”

हरभजनको यो टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, र सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई आईपीएल २०२५ को कमेन्ट्री प्यानलबाट हटाउन माग गरेका छन्।

तपाईको प्रतिक्रिया