आजदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु, प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्ने

आजदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ, जसलाई विधेयक अधिवेशन पनि भनिन्छ। यो अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख राजनीतिक नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

संघीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले बैठकको अध्यक्षता गर्दै सदस्यहरूको मनोनयन गर्ने छन्।

प्रधानमन्त्री ओलीले बैठकमा ‘सुशासन प्रवर्द्धन र सार्वजनिक सेवाप्रवाहसम्बन्धी नेपाल ऐनका केही प्रावधानहरू संशोधन गर्ने अध्यादेश’ प्रस्तुत गर्ने छन्।

उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी संशोधन, निजीकरणसम्बन्धी संशोधन र आर्थिक वातावरण सुधारसम्बन्धी ऐनमा संशोधन गर्ने अध्यादेश’ पेस गर्नेछन्।

भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारी र भूमि सम्बन्धी ऐनमा संशोधन गर्ने अध्यादेश’ प्रस्तुत गर्नेछन्।

राष्ट्रियसभामा पनि प्रतिनिधिसभामा प्रस्तुत हुने ‘सुशासन प्रवर्द्धन र सार्वजनिक सेवाप्रवाहसम्बन्धी अध्यादेश’ पेस हुने कार्यक्रम रहेको छ।

अन्तिममा, मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा विधेयकसम्बन्धी समितिका प्रतिवेदनहरू पनि प्रस्तुत गरिनेछन्।

तपाईको प्रतिक्रिया