आज १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँ रहेको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर दुई हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ९९० रुपैयाँ थियो।

तपाईको प्रतिक्रिया