आठबिसकोट नगरपालिकाको नमुना कामःविपद्को हरेक प्रकृयामा महिला सहभागिता र निर्णय अनिवार्य, यस्तो छ परिणाम

लैंगिक-संवेदनशील विपद् जोखिम व्यवस्थापनमा  बिषय अन्तर्गत रुकुम पश्चिमको अठबीसकोट नगरपालिका का विभिन्न सरोकारवालाहरू संग कार्यक्रम टक अफ दि टाउन मा अन्तर्क्रिया गरिएको छ। अठबीसकोट नगरपालिका का प्रमुख रवी के.सी.ले भूकम्पपछिको गरिएको खोजी, उद्धार,राहत वितरण, पुनर्निर्माण र अस्थायी आश्रय निर्माणको बारेमा जानकारी दिनु भयो ।

महिला विकास निरीक्षक लिला ओलीले अविकसित नगरपालिका क्षेत्रमा महिलाहरूले भोगेका विशेष चुनौतीहरूको बारेमा बताउनु भयो । महिलाहरू परंपरागत कृषि अभ्यासमा निर्भर रहेको र , आधारभूत आवश्यकताहरू पनि पूरा गर्न असमर्थ भएको जसले उनीहरूलाई विदेशमा कामको खोजी गर्न बाध्य भएको बतउनु भएको छ। भूकम्पपछि अस्थाई घरमा महिनावारी हुदा गोपनियताको समस्या र महिलाहरुलाई विपद् पछि महिलाहरु तुलान्तमक रुपमा बढी जोखिममा हुने बताउनु भएको छ।

पुरा कार्यक्रम दिएको लिंक बाट हेर्न सकिने छ।

तपाईको प्रतिक्रिया