आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौँ — प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित भएको छ।

बैठकमा उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको यो विधेयक पारित गर्नका लागि प्रस्ताव राख्दा बहुमतले स्वीकृत गरेपछि उक्त विधेयक पारित भएको हो।

विधेयकमाथि सांसदहरूले केही संशोधन प्रस्ताव प्रस्तुत गरे पनि दुईवटा बाहेक सबै संशोधनहरू बहुमतले अस्वीकृत गरिए। अब यो विधेयक छलफलको लागि राष्ट्रिय सभामा पठाइनेछ।

तपाईको प्रतिक्रिया