आर्सनल बराबरीमा रोकिँदा चेल्सी विजयी

इंग्लिस प्रिमियर लिगमा आर्सनलले बराबरी खेल्दा चेल्सी विजयी भएको छ।

गएराति भएको खेलमा आर्सनलले फुलहमसँग १-१ गोलको बराबरी खेल्दा चेल्सीले टोटनहमलाई ३-४ गोलले पराजित गरेको हो।

 क्राभेन कटेजमा फुलहमका जिमिनेजले ११ मिनेटमा सानदार गोल गर्दा पहिलो हाफमा आर्सनल पछि परेको थियो।

आर्सनलका विलियम सालिबाले ५२ मिनेटमा गरेको गोल निर्णायक बन्दा खेल १-१ को बराबरीमा सकिएको थियो।

अर्को खेलमा चेल्सीले टोटनहमलाई उसकै घरमा पराजित गरेको थियो। चेल्सीको जितमा कोल पाल्मरले पेनाल्टीमार्फत दुई गोल गरे। जाडोन स्यान्चो र इन्जो फर्नान्डेजले एक/एक गोल गरे।

११ मिनेटमै दुई गोल हानेको टोटनहमले त्यसलाई जोगाउन सकेन। डोमिनिक सोलांकेले पाँचौं मिनेटमा टोटनहमलाई अग्रता दिलाएका थिए। ११ औं मिनेटमा डेजन कुलुसेव्स्कीले अग्रता दोब्बर पारे। इन्ज्युरी समयमा सनले गोल गरेपनि टोटनहमले घरेलु मैदानमा हार टार्न सकेन।

जितसँगै चेल्सीले अंकतालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलसँग दूरी घटाएको छ भने  तेस्रो स्थानमा रहेको आर्सनलसँग दूरी बढाएको छ।

चेल्सीले १५ खेलबाट ३१ अंक जोड्दा आर्सनलको २९ अंक छ। एक खेल कम खेलेको लिभरपुलको ३५ अंक छ। लिभरपुलले १५ औं खेल फुलहमसँग शनिबार खेल्नेछ।

तपाईको प्रतिक्रिया