इजिप्ट र युरोपेली संघका कुटनीतिज्ञद्वारा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र युरोपेली संघका विदेश मामिला तथा सुरक्षा नीतिका उच्च प्रतिनिधि काजा कालासले गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान गरेका छन्।

कायरोमा युरोपेली संघका शीर्ष कुटनीतिज्ञसँगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अब्देलाट्टीले गाजा पट्टीमा नागरिकविरुद्ध इजरायली सैन्य कारवाही पुनः शुरु गर्ने कुरा अस्वीकार गरेको बताए।

अब्देलाट्टीले भने, “सबै (इजरायली) बन्दीहरूलाई रिहा गर्ने एक मात्र तरिका वार्ताको टेबलमा फर्कनु र युद्धविराम सम्झौताको पालना गर्नु हो।” उनले जनवरी १९ मा लागू भएको प्रारम्भिक गाजा युद्धविराम सम्झौताका दोस्रो चरणतर्फ द्रुत गतिमा अघि बढ्नुपर्ने आवश्यकता रहेकोमा पनि जोड दिए।

तपाईको प्रतिक्रिया