इन्टरनेट कम्पनीलाई प्राधिकरणको पत्राचार– रोयल्टी र आरटीडीएफको रकम तिर्नू

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बाँकी रकम भुक्तानी गर्न इन्टरनेट कम्पनीलाई पत्राचार गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै रोयल्टी र ग्रमीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)बापतको रकम तिर्न बाँकी रहेका कम्पनीलाई पत्राचार गरेको हो ।

दूरसञ्चार सेवाप्रदायकले सेवा सञ्चालन गरेबापत कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष तिर्नुपर्ने कानुनी व्यवस्था छ ।

कतिपय इन्टरनेट सेवाप्रदायकले मर्मत सम्भारलगायत शीर्षकबाट प्राप्त गरेको आम्दानीमा रोयल्टी तथा आरटीडीएफ नबुझाएको प्राधिकरणले जनाएको छ ।

सर्वोच्च अदालतले समेत तिर्नुपर्ने निष्कर्ष निकालेको भन्दै प्राधिकरणले यही पुस मसान्तभित्र दाखिला गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया