इन्धनको मूल्य वृद्धि:पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँको वृद्धि

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्यमा वृद्धि गरेको छ। भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीको आधारमा, पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँको वृद्धि गरिएको हो।

अब नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रति लिटर १ सय ६५ रुपैयाँ पुग्ने छ, जबकि डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १५६ रुपैयाँ हुनेछ। यो नयाँ मूल्य बुधबार राति १२ बजेबाट लागू हुने निगमले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया