एटलान्टाको उपाधि होड कमजोर, टुरिनोसँग १–१ को बराबरी

एटलान्टाले इटालीको सिरी ए मा शनिबार टुरिनोसँग १–१ को बराबरी खेल्दा यसको उपाधि होड कमजोर बनेको छ। एटलान्टाले घरमै बेराट जिमसिटीको गोलले अग्रता बनाएको भए पनि त्यो कायम राख्न सकेन।

टुरिनोका लागि गुलेर्मो मारिपानले बराबरी गोल गरे। यो परिणामसँगै, एटलान्टा ४७ अंकका साथ तेस्रो स्थानमा छ र शीर्ष स्थानमा रहेको नेपोलीसँग ६ अंकको फरक छ। शीर्ष दुई स्थानमा नेपोली २२ खेलबाट ५३ अंक र इन्टर मिलान २१ खेलबाट ५० अंकमा छन्।

लाजियो ३९ अंकसहित चौथो स्थानमा छ। अन्य खेलमा, हेलास भेरोनाले मोन्जालाई १–० ले हराएको छ भने युडिनेजीले भेनेजियासँग ३–३ को बराबरी गरेको छ।

तपाईको प्रतिक्रिया