एट्लेटिकोविरुद्ध बार्सिलोनाको उत्कृष्ट पुनरागमन, २ गोलको अग्रता उल्टाउँदै ४ गोल गर्‍यो

स्पेनिस ला लिगामा बार्सिलोनाले एट्लेटिको म्याड्रिडविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै शीर्ष स्थानमा फर्कन सफल भएको छ।

आइतबार एट्लेटिकोको मैदानमा भएको खेलमा बार्सिलोनाले ४-२ गोलको जित निकालेको हो।

खेलको ७२ मिनेटसम्म बार्सिलोनाले २-० गोलले पछि परेको स्थिति थियो। एट्लेटिकोका अल्भारेजले ४५ मिनेटमा र सोर्लोथले ७० मिनेटमा गोल गरेका थिए।

बार्सिलोनाका लागि लेवान्डोवस्कीले ७२ मिनेटमा गोल गरे। ७८ मिनेटमा फेरान टोरेसले बराबरी गोल गर्न सफल भए।

बार्सिलोनाले इन्जुरी समयमा थप दुई गोल गर्दै उत्कृष्ट पुनरागमन गर्‍यो। बार्सिलोनाका लागि लमिन यमलले ९०+२ मिनेटमा तेस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए। टोरेसले ९०+८ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे।

जितसँगै बार्सिलोनाले अंक तालिकामा फेरि शीर्ष स्थानमा उक्लियो। बार्सिलोनाको २७ खेलबाट ६० अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको रियल म्याड्रिडको २८ खेलबाट ६० अंक छ। एट्लेटिको म्याड्रिड २८ खेलबाट ५६ अंक जोडेर तेस्रो स्थानमा छ।

तपाईको प्रतिक्रिया