एसियन कप फुटबल छनौटमा आज नेपाल र मलेसिया भिड्ने

काठमाडौं: ए.एफ.सी एसियन कप फुटबल छनौट खेलमा आज नेपाल र मलेसिया आमनेसामने हुनेछन्। खेल मलेसियामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ।

नयाँ प्रशिक्षक म्याट रोसको नेतृत्वमा पहिलो खेल जितेको नेपाल आजको खेलका लागि निकै उत्साहित छ। एसियन कप छनौटमा नेपालको लक्ष्य उच्च रहँदै, सकेसम्म माथिल्लो चरणमा पुग्ने चाहना छ।

नेपालले अघिल्लो साता सिंगापुरलाई उसैको मैदानमा १-० ले हराएको थियो। सिंगापुरमा अभ्यास खेलपछि नेपाली टोली सिधै मलेसिया पुगेको हो।

तपाईको प्रतिक्रिया