कंगोमा तैनाथ नेपाली शान्ति सेनिकहरूको विस्तार र परिवर्तन

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापनामा खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।

यस अन्तर्गत, महावीर शौर्य गण (रेञ्जर) ३० औं डफ्फा र केवलजंग गुल्म तेश्रो डफ्फालाई बदली गर्न चण्डीदल गण ३१ औं डफ्फा र भीमकाली गुल्म चौथो डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी अच्युत घिमिरेको नेतृत्वमा आइतबार संयुक्त राष्ट्रसंघको चार्टड विमानद्वारा कंगो प्रस्थान गरेको छ।

त्यसैगरी, कार्यकाल पूरा गरी कंगोबाट फर्किएका १८८ जना नेपाली शान्ति सैनिकहरू सेनानी देवेन्द्र खत्रीको नेतृत्वमा आइतबार स्वदेश फर्केका छन्।

हाल कंगोमा १,१५१ जना नेपाली शान्ति सैनिकहरू कार्यरत छन्।

तपाईको प्रतिक्रिया