कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो।

अब छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ पुगेको छ। यसैगरी, प्रति १० ग्राम सुनको मूल्य १ लाख ४८ हजार ७५० रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। मंगलबार तोलामा १ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १ हजार ९९० रुपैयाँमा कारोबार हुँदैछ।

तपाईको प्रतिक्रिया