कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष माथि गोली प्रहार, एकथान गोलीको खोका बरामद

बुटवल — कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।

प्रहरीका अनुसार बिहीबार राति करिब ११ः३० बजे मायादेवी गाउँपालिका–१, पकडीस्थित चौधरीको निवासमा उनीमाथि गोली प्रहार भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीका अनुसार सो समय चौधरी घरको शौचालय गएर फर्किने क्रममा उनीमाथि बाहिरबाट गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

घटनास्थलबाट एकथान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ। डीएसपी अधिकारीका अनुसार कम्पाउन्ड बाहिरबाट चलाइएको गोलीले छलेकोले अध्यक्ष चौधरीलाई कुनै शारीरिक चोट भने लागेको छैन।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया