कांग्रेसको कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छ। सभापति शेरबहादुर देउवा थाइल्यान्ड प्रस्थान गरेपछि विधानअनुसार खड्कालाई यो जिम्मेवारी दिइएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकिएको हो।”

सभापति देउवा आइतबार थाइल्यान्डको राजधानी बैंकक गएका हुन्।

तपाईको प्रतिक्रिया