कांग्रेस नेतृत्वको सरकार बनेमा समर्थन गर्ने : अध्यक्ष दाहाल

इमेज टेलिभिजन हट सिट कार्यक्रम!

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेमा माओवादी केन्द्रले समर्थन गर्ने बताएका छन्। इमेज टेलिभिजन हट सिट कार्यक्रममा जगदीश खरेल सँग अन्तर्वार्तामा बोल्दै उनले कांग्रेसले चाहेअनुसार सरकारमा बसेर वा बाहिरबाट समर्थन गर्न आफूहरू तयार रहेको स्पष्ट पारे।

उनका अनुसार अबको राजनीतिक कोर्स नेपाली कांग्रेस र शान्ति प्रक्रियाका सहयात्री दलहरूबीच सहमति कायम गरी अघि बढ्नु हो। कांग्रेसले वैकल्पिक सरकारको नेतृत्व गर्न सक्ने हैसियत राख्ने भएकाले त्यसतर्फ पहल गर्नुपर्ने उनले बताए।

दाहालले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको भन्दै २०८४ सालसम्म प्रधानमन्त्रीको आकांक्षा नभएको बताएका छन्। साथै, हालको ओली नेतृत्वको सरकार एक वर्ष पनि टिक्ने सम्भावना कम रहेको दाबी गर्दै उनले सरकारको जग कमजोर भइसकेको टिप्पणी गरे।

उनले संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै, नयाँ गठबन्धन बनेमा संविधान संशोधनको सम्भावना पनि रहने बताएका छन्। शेरबहादुर देउवालाई आफूले विश्वास गर्ने भन्दै, उनले वर्तमान सरकारको राजनीतिक मार्ग परिवर्तन अब यथार्थ बन्न सक्ने बताए।

तपाईको प्रतिक्रिया