कांग्रेस संसदीय दलको बैठकमा पाथीभराको केबलकार र संघीय निर्वाचनको बारेमा छलफल

काठमाडौँ — नेपाली कांग्रेसको संसदीय दलको बैठकमा पाथीभराको केबलकार परियोजना र आगामी संघीय निर्वाचनको बारेमा छलफल भएको छ। शुक्रबार संसद भवनको ल्होत्से हलमा भएको बैठकमा सांसदहरूले पाथीभराको केबलकारको विषयमा रहेको द्वन्द्व उठाएका थिए।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकको बारेमा जानकारी दिँदै भने, “गृहमन्त्रीले संसदीय मामिला मन्त्रालयको सचिवलाई बोलाएर वार्ता समिति गठन गरेर समस्याको समाधान गर्न निर्देशन दिनुभएको छ।”

बैठकमा सांसदहरूले आगामी संघीय निर्वाचनलाई स्थानीय तहको निर्वाचनभन्दा पहिले गर्न आवश्यक व्यवस्था मिलाउने माग पनि गरेका छन्। घिमिरेका अनुसार, सांसदहरूले स्थानीय तहको निर्वाचनभन्दा अघि संघीय चुनाव गरिने व्यवस्था मिलाउनका लागि आवश्यक कदम चाल्नुपर्ने कुरा उठाएका छन्।

सचेतक घिमिरेले भने, “आज सांसदहरूको बोल्ने क्रम सकिएको छ, अब मन्त्री, पदाधिकारी र नेताहरूले बोल्ने पालो हुनेछ।” बैठकमा अध्यादेशको विषय पनि उठाएपनि त्यसको बारेमा विस्तृत जानकारी दिएनन्।

संसदीय दलको बैठक आगामी २४ गते पुनः बस्ने तय गरिएको छ।

तपाईको प्रतिक्रिया