कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद बैठकमा पेस हुने

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक काठमाडौँ, ५ वैशाखः कानून, न्याय तथा मानव अकानुन, न्याय तथा मानव अधिकार समितिको बैठक काठमाडौँ, ५ वैशाखः कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक । तस्बिरः नवीन÷रासस धिकार समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक । तस्बिरः नवीन÷रासस

काठमाडौं — प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ। समितिको शुक्रबार बसेको बैठकले प्रतिवेदन पारित गर्दै सङ्घीय संसदको आगामी बैठकमा पेस गर्ने निर्णय गरेको हो।

समितिका सभापति विमला सुवेदीका अनुसार प्रतिवेदनमा समितिले एक वर्षको अवधिमा सम्पादन गरेका कार्य, विधेयकमाथि भएको छलफल, संशोधन र पारित प्रक्रिया, स्थलगत अनुगमन लगायतका विवरण समेटिएका छन्।

यस वर्ष समितिले:

  • संसदबाट जारी कानुनहरूको कार्यान्वयन अवस्थामाथि छलफल
  • हिरासतमा रहेका थुनुवाका मौलिक हकको सुनिश्चितता
  • कैदीबन्दी तथा बालसुधार गृहमा मानवअधिकारको स्थितिबारे स्थलगत अनुगमन गरेको उल्लेख गरिएको छ।

सभापति सुवेदीका अनुसार, आगामी दिनमा मध्यवर्ती क्षेत्रका जनताको मानवअधिकार सम्बन्धी विषयमा पनि स्थलगत अनुगमनको तयारी भइरहेको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले समितिबाट प्राप्त सुझावका आधारमा मन्त्रालयले आवश्यक कानुन संशोधनको प्रक्रिया अघि बढाइरहेको जानकारी दिए। केही कानुनको हकमा अन्तिम तयारी भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया