काभ्रेमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको ज्यान गएको छ।
मंगलबार भित्री सडकखण्डमा रबिओपीबाट पाँचखालतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क १८४५ नम्बरको टिपरले ठक्कर दिँदा पाँचखाल नगरपालिका–३, चापेपिपलबोटकी आरिका परियारको मृत्यु भएको हो।

काभ्रे जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि तत्काल धुलिखेल अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा अपराह्न ४:४० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

दुर्घटनापछि टिपर चालक सूर्यबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

तपाईको प्रतिक्रिया