कुलमानको बर्खास्तीको विरोधमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्तीको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।

‘नेपाली जनता’ नामक समूहले आयोजना गरेको प्रदर्शनमा सहभागीहरू माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म यात्रा गर्दै थिए।

प्रदर्शनकारीहरूले ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन, कुलमान घिसिङ जिन्दावाद, उज्यालो नेपाल जिन्दावाद’ लगायतका नारा लेखिएको ब्यानरका साथ प्रदर्शन गरेका थिए। आन्दोलनमा एकीकृत समाजवादीका विद्यार्थीहरू पनि सहभागी थिए।

यसअघि, एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जा मन्त्री दीपक खड्काको पुतला दहन गरेको थियो।

प्रदर्शनकारीहरूले मन्त्री परिषद्को निर्णय पुनःसमीक्षा नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

तपाईको प्रतिक्रिया