कृषि अनुदान अब पारदर्शी हुने : मन्त्री अधिकारी

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता भएको भएपनि अब त्यसमा पूर्ण पारदर्शिता रहने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा मन्त्री अधिकारीले मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्न थालेको उल्लेख गर्दै अबका दिनहरूमा अनुदान प्रक्रिया पारदर्शी हुने र सबै विवरण सार्वजनिक गर्न सकिने बताए।

विगतका पाँच वर्षमा कृषि अनुदानमा रु एक खर्ब पाँच अर्ब खर्च भएको जानकारी दिँदै उनले भने, “पहिला जस्तो सिधै मन्त्रालयबाट अनुदान वितरण हुने प्रक्रिया अहिले रोकिएको छ।” कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरता हासिल गर्नका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको र निजी क्षेत्रको योगदानले मात्र राज्यका कृषि लक्ष्यहरू पूरा गर्न सकिने धारणा राखे।

तपाईको प्रतिक्रिया