क्यानले यु१९ विश्वकप एसिया छनोटको कमर्सियल राइट्स ५० लाखमा बिक्री खुला गर्यो

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यु१९ पुरुष विश्वकप एसिया छनोटका लागि कमर्सियल राइट्सको बिक्री खुला गरेको छ।

क्यानले बुधबार एक सूचना जारी गर्दै ५० लाख रुपैयाँमा कमर्सियल राइट्सको बिक्री अधिकार उपलब्ध गराएको हो। यस राइट्समा प्रोडक्सन, ब्रोडकास्टिङ, ब्रान्ड प्लेसमेन्ट र मिडिया राइट्ससमेत समावेश छन्।

सूचनामा उल्लेख गरिएको छ कि सबैभन्दा उच्च मूल्य तिर्नेलाई राइट्स दिने प्रक्रिया अपनाइनेछ। आवेदन पत्र १ अप्रिल दिउँसो १ बजेभित्र तोकिएका कागजातसहित क्यानको कार्यालयमा पेश गर्नुपर्नेछ।

प्रतियोगिता तल्लो र माथिल्लो मैदानमा हुने यस क्रिकेट प्रतियोगिताको लागि १० क्यामेरा सेटअपको प्रोडक्सन गरिने बताइएको छ।

आईसीसी यु१९ पुरुष विश्वकप एसिया छनोट १३ देखि १९ अप्रिलसम्म तल्लो र माथिल्लो मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ। प्रतियोगितामा नेपाल, अफगानिस्तान, हङकङ, ओमान र युएईसहित पाँच टोली प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिताको विजयी टोली सन् २०२६ मा हुने विश्वकप खेल्नका लागि छनोट हुनेछ

तपाईको प्रतिक्रिया