खानेपानीमन्त्री प्रदीप यादवको घोषणा: सबै सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी उपलब्ध

खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सबै सामुदायिक विद्यालयमा शुद्ध र स्वच्छ खानेपानी निःशुल्क उपलब्ध गराउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

वीरगन्ज-१३ स्थित साउथ जोन माविको १६ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले यसै कार्यक्रम मार्फत सामुदायिक विद्यालयहरूमा निःशुल्क खानेपानी जडान र वितरण गर्ने योजना प्रस्तुत गरे।

मन्त्री यादवले आगामी एक वर्षमा शुद्ध खानेपानीको पहुँचलाई २७ प्रतिशतबाट बढाएर ५७ प्रतिशत पुर्याउने लक्ष्य राखिएको पनि जानकारी दिए।

यस कार्यको लागि शिक्षा र खानेपानी मन्त्रालयबाट सहसचिव मिना श्रेष्ठको नेतृत्वमा एक विशेष टोली गठन गरिएको छ, र टोली अहिले गृहकार्यमा व्यस्त रहेको उनले बताए। देशभरका सामुदायिक विद्यालयहरूमा निःशुल्क शुद्ध खानेपानी जडान र वितरण कार्य चाँडै सुरु हुने बताएका छन्।

अलि फरक विषयमा मन्त्री यादवले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गतिविधिमा अभिभावकहरूले पनि चासो राख्नुपर्ने महत्त्वपूर्ण कुरा उठाए। उनले विद्यालय व्यवस्थापन र प्रशासनिक पक्षमा अभिभावकहरूको दायित्वप्रति सचेत रहन सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया