गणतन्त्रवादीलाई राजेन्द्र लिङ्देनको संसदबाट चेतावनी– “सके जेल हाल्नुहोस्!”

फाइल तस्बिर।

काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेलमा राख्न चुनौती दिएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा राजावादी विचार राख्नुपर्ने भनाइ जनाउने गणतन्त्रवादी दलको मंशामा उनले प्रतिक्रिया व्यक्त गर्दै आफूलाई जेलमा हाल्नको लागि चुनौती दिएका हुन्।

सामाजिक सञ्जालमा अध्यक्ष लिङ्देनले लेखेका छन्, “संसदमा कसैले राजावादीलाई थुन्नुपर्ने कुरा गरेको बेला, म छाती ठोक्दै भन्न चाहन्छु, राजावादी यहाँ छ, सके जेल हाल्नुहोस्!”

बैठकमा लिङ्देन र सांसद ज्ञानेन्द्र शाहीले छाती ठोक्दै यो संदेश दिएका थिए।

तपाईको प्रतिक्रिया