गाजास्थित अस्पताल माथि इजरायली आक्रमणको हमासको आरोप

हमासले गाजाका अस्पतालहरूमा इजरायली सेनाले आक्रमण गरेको आरोप लगाएको छ। संगठनले गाजाको प्रमुख स्वास्थ्य संस्थामा रहेको सघन उपचार इकाई (ICU) र शल्यक्रिया विभाग पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेको हो।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियोहरूमा अल-अहली ब्याप्टिस्ट अस्पतालबाट ठूलो आगो र धुवाँ निस्किरहेको दृश्य देखिन्छ, जुन क्षेप्यास्त्र आक्रमणपछि भएको बताइएको छ।

भिडियोमा केही बिरामी र स्थानीय नागरिकहरू अस्पताल क्षेत्रबाट भागिरहेको देखिन्छ। हमासले उक्त आक्रमणलाई ‘भयानक अपराध’ को रूपमा वर्णन गरेको छ।

एक स्थानीय पत्रकारका अनुसार इजरायली सेनाका एक अधिकारीले अस्पतालका आपतकालीन कक्षमा कार्यरत डाक्टरलाई सम्पर्क गरी तत्काल अस्पताल खाली गर्न चेतावनी दिएका थिए।

हालसम्मको जानकारी अनुसार आक्रमणमा कुनै मानवीय क्षति (हताहत) भएको पुष्टि नगरिएको नागरिक आपतकालीन सेवाले जनाएको छ।

तपाईको प्रतिक्रिया