गृहमन्त्री लेखकको चेतावनी : आगजनी र हिंसाबाट हिन्दुराष्ट्रको सपना पुरा हुँदैन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मान्छेलाई घरभित्रै आगो लगाएर र मान्छेका घरमा आगो लगाएर हिन्दुराष्ट्रको परिकल्पना नगर्न चेतावनी दिएका छन् ।

उनले हिन्दु धर्मले त्यस्तो नभन्ने भन्दै प्रश्न गरे–मान्छेलाई घरभित्र आगो लगाएर मारिएको छ । मान्छेका घरमा आगो लगाइएको छ । यसरी हिन्दुराष्ट्र आउँछ ? हिन्दु धर्मले यही भन्छ ?

तपाईको प्रतिक्रिया