चारदेशीय टी–२० क्रिकेटको फाइनलमा नेपाल र कुवेत आमनेसामने

काठमाडौं — हङकङमा जारी चारदेशीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल हङकङको मङ कोकस्थित मिसन रोड मैदानमा बिहान सवा ११ बजे सुरु हुने तय गरिएको छ।

नेपाल, कुवेत, कतार र हङकङ सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा अपराजित रहँदै फाइनलमा पुगेको हो।

नेपालले समूह चरणमा कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले हराएको थियो। शनिबार हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।

तपाईको प्रतिक्रिया