चार तीर्थयात्रीको भारतमा सवारी दुर्घटनामा मृत्यु

काठमाडौं: भारतमा तीर्थयात्राका लागि गएका दाङका चारजनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। दाङको तुलसीपुरबाट तीर्थयात्राका लागि भारत गएका युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी बिहीबार बहराइचमा दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ।

यो दुर्घटनामा गाडीचालक ३७ वर्षीय युवराज चापागाईं र तुलसीपुर–७ का जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले बताए।

दुर्घटनामा अन्य दुईजनाको पहिचान गर्न बाँकी छ, तर ती दुबै जनालाई पनि तुलसीपुरका बताइएको छ। गाडीमा नौ जना सवार थिए, र सबै तुलसीपुरकै थिए। गाडीमा सवार पाँचजना घाइते भएका छन्, जसको उपचार भारतमै भइरहेको छ।

तपाईको प्रतिक्रिया