छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको मूल्यसँग तुलना गर्दा छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो।

महासंघका अनुसार, छापावाल सुनको मूल्य मंगलबार तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन १ लाख ६० हजार १०० रुपैयाँ थियो।

त्यसैगरी, सोमबार तोलामा १ हजार ८५० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर १ हजार ८३५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया