जनतामा नेता र राजनीतिप्रति वितृष्णा बढेको प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र कमिशनतन्त्रका कारण राजनीति र नेताहरूप्रति जनताको वितृष्णा बढेको बताएका छन् र त्यसमा सतर्कता अपनाउनुपर्ने बताएका छन्।

मधेश प्रदेश सभाको बैठकमा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामा नेताहरूप्रति वितृष्णा बढ्नुको कारण जनप्रतिनिधिहरूले सचेत र जिम्मेवार भएर कार्य गर्न आवश्यक रहेको बताए।

“हामी कुशासनको अन्त्य गर्छौं र सुशासन दिने प्रतिबद्धता राख्नुपर्छ,” ओलीले भने, “जनतालाई कुनै पीरमर्का नपर्ने गरी छिटो र सस्तो सेवा उपलब्ध गराउन आवश्यक छ। छिटो र प्रभावकारी सेवा मात्र लोकतन्त्रलाई बलियो बनाउँछ।”

प्रधानमन्त्री ओलीले जनताले नेताहरुलाई ढाँट र ठगको रूपमा लिँदै आएको कुरा स्वीकार गर्दै भने, “यदि हामी छिटो सेवा दिन्न सक्यौं भने मात्र लोकतन्त्रलाई बलियो बनाउन सकिन्छ।

तपाईको प्रतिक्रिया