ट्रम्प प्रशासनको विज्ञानविरोधी कदमविरुद्ध १९ सय वैज्ञानिकको संयुक्त पत्र

काठमाडौं । अमेरिकाका १९ सयभन्दा बढी वैज्ञानिकहरूले ट्रम्प प्रशासनको विज्ञानमाथिको आक्रमणको जोखिमबारे चेतावनी दिँदै एक खुला पत्र लेखेका छन्।

अमेरिकाको प्रमुख वैज्ञानिक र अनुसन्धान संस्थाका १९ सयभन्दा बढी सदस्यहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको क्रियाकलापको विरोध गर्दै खुला पत्रमा हस्ताक्षर गरेका हुन्। यस पत्रमा वैज्ञानिकहरूले ट्रम्प प्रशासनले गरेको कार्यहरूको आलोचना गरेका छन्, जसले विज्ञान र अनुसन्धान क्षेत्रको स्वतन्त्रतालाई संकटमा पार्ने चेतावनी दिइएको छ।

द गार्जियनका अनुसार, ट्रम्प प्रशासनले अमेरिकी वैज्ञानिक संस्थानहरू र निजी विश्वविद्यालयहरूलाई धम्की दिन, संघीय अनुदान रद्ध गर्न, सरकारी संस्थाहरूमा कर्मचारी संख्या घटाउन, र सेन्सरसिप लगाउन जस्ता काम गरिरहेको छ। यस पत्रमा भनिएको छ, “हामी अहिले वास्तविक खतरा देखिरहेका छौं। हाम्रो राजनीतिक मतभेद भए तापनि, हामी सबै एकजुट भएर वैज्ञानिक अनुसन्धानको स्वतन्त्रता बचाउन चाहन्छौं।”

नेशनल एकेडेमी अफ साइन्सेज १८६३ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको प्रशासनमा स्थापित भएको थियो।

तपाईको प्रतिक्रिया