तलब नपाएको भन्दै शिक्षकहरूले काठमाडौँ महानगरको गराए ध्यानाकर्षण

काठमाडौँ महानगरपालिकामा कार्यकारी अधिकृतको अभावका कारण शिक्षक र कर्मचारीहरूले पाँच महिनादेखि तलब प्राप्त गर्न सकिरहेका छैनन्।

तलब नपाएपछि शिक्षकहरूले कोठा भाडा तिर्न नसकेको, दैनिक आवश्यक सामग्री खरिद गर्न नसकेको र औषधि उपचार गर्न नपाएको समस्याबारे जनाएका छन्। तलब बिना उनीहरूले नियमित कार्य सञ्चालन गर्न कठिनाइ भएकोले तत्काल शिक्षक र कर्मचारीहरूको तलब व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

काठमाडौँ महानगरपालिकाबाट विद्यालयहरूमा हुने सबै प्रकारका भुक्तानी रोकिएकाले विद्यालयको दैनिक प्रशासन सञ्चालनमा समस्या आइरहेको महासङ्घले जनाएको छ। यसका साथै, नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तक समयमै वितरण हुन नसकेकोले पठनपाठनमा असर पर्ने खतरा रहेको छ।

शिक्षक महासङ्घले चैत १८ गतेसम्म समस्या समाधान नभएमा दोस्रो चरणको आन्दोलनमा जानुपर्ने चेतावनी पनि दिएको छ।

तपाईको प्रतिक्रिया