तीनकुनेबाट केही प्रदर्शनकारी पक्राउ

काठमाडौँ – प्रहरीले काठमाडौँको तीनकुने क्षेत्रबाट केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ। प्रहरीले ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिएका छन्।

प्रहरीले पूर्वराजाका समर्थकहरूलाई बानेश्वरतर्फ जानबाट रोक्न अश्रुग्यास र लाठी प्रहार गरेको छ। बानेश्वरतर्फ प्रवेश गर्न चाहने ४ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का नेता दुर्गा प्रसाईं र ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’ का नेता नवराज सुवेदीको नेतृत्वमा प्रदर्शन गर्न अनुमति दिइएको थियो। तर प्रदर्शनकारीहरूले तीनकुनेबाट बानेश्वरतर्फ जान खोज्दा स्थिति तनावपूर्ण बनेको छ। यस बीचमा, गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन जारी राखेका छन्।

तपाईको प्रतिक्रिया