तीनकुने घटनाको जिम्मेवारी पूर्व राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने:प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको जिम्मेवारी पूर्व राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले चैत १५ गतेको आपराधिक घटनामा संलग्न कुनै पनि व्यक्तिलाई उन्मुक्ति नपाउने बताएका छन्। उनले भने, “यस घटनामा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुँदैन। फेरि राजा बन्छु, व्यवस्था परिवर्तन गर्छु भन्ने व्यक्तिले यी शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन?”

प्रधानमन्त्री ओलीले इतिहासको कुनामा राखिएका व्यक्तिसँग मिलेर भएका हिंस्रक घटनामा संलग्न कुनै पनि व्यक्ति माथि कडा प्रशासनिक कारबाही हुने बताएका छन्। उनले थपे, “मर्नका लागि दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट गर्ने शासक बन्ने चाहना राख्ने व्यक्ति कसरी शान्तिपूर्वक अस्तित्वमा रहन सक्छ?”

उनले तीनकुने घटनामा जिम्मेवारी पूर्वराजा शाहकै भएको र उनले नै यसको जिम्मेवारी लिनु पर्ने बताए।

प्रधानमन्त्री ओलीले सोही समयमा एक वर्षदेखि संविधान र सरकारमाथि बारम्बार प्रहार भइरहेको भन्दै त्यसको पनि आलोचना गरे।

तपाईको प्रतिक्रिया