दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ — कर्णाली प्रदेशमा जेठ महिनामा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद २०८२ को मिति जेठ ३ देखि १० सम्म तय गरिएको छ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राखेपका अध्यक्ष तेजुलाल चौधरी र उपाध्यक्ष ध्रुव आचार्यले लोगो र मस्कट सार्वजनिक गरेका थिए। मंसिरमा १०० दिनको काउन्टडाउन अवसरमा पनि लोगो र मस्कट सार्वजनिक गरिएको थियो।

लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडीको चित्रण गरिएको छ, जबकि मस्कटमा कर्णाली प्रदेशको दुर्लभ जनवार हाब्रे (रेड पाण्डा) समेटिएको छ। लोगो र मस्कटको विकास तमखुले गरेको हो।

मन्त्री चौधरीले कर्णाली प्रदेशको उत्कृष्ट पूर्वाधारको लागि धन्यवाद ज्ञापन गर्दै खेलाडीहरूको प्रतिभा उजागर गर्न एकजुट हुन आह्वान गरे।

तपाईको प्रतिक्रिया