धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालनमा रहेका सबै निजी विद्यालय हालका लागि बन्द

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालनमा रहेका सबै निजी विद्यालय हालका लागि बन्द गरिएका छन्। नगर क्षेत्रभित्र सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि अभिभावक र सरोकारवाला पक्षको सहमतिमा यो निर्णय गरिएको हो।

नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार कार्यक्रम अघि बढाइरहेको समयमा बाहिरी पालिकाका बोर्डिङ विद्यालयहरूले यहाँका विद्यार्थीलाई आफूतिर तान्ने प्रयास गरिरहेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो।

मेयर ध्रुवराज रायद्वारा जारी सार्वजनिक सूचनामा भनिएको छ, “नगर क्षेत्रभित्र कुनै पनि निजी विद्यालयका गाडी (स्कूल बस) प्रवेश नगर्नुहुन अनुरोध छ।” नगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि लागू हुनेगरी यो नियम कडाइका साथ पालना गरिने जनाएको छ।

स्थानीय तहको यो निर्णय सरकारी विद्यालयप्रतिको विश्वास बढाउने र सामुदायिक विद्यालयलाई मजबुत बनाउने उद्देश्यले लिएको बताइएको छ।

तपाईको प्रतिक्रिया