नवनियुक्त ४ राजदूतले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


शपथ लिनेहरूमा लोकदर्शन रेग्मी- अमेरिका, डा. शैल रूपाखेती- जर्मनी, डा. नरेशविक्रम ढकाल- साउदी अरेबिया र चित्रलेखा यादव- अष्ट्रेलिया हरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 


शपथग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया