नेपालको मुख्य प्रशिक्षकको रूपमा म्याट रोस नियुक्त

काठमाडौं: नेपाली पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षकका रूपमा अष्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन्। उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले १ वर्षको सम्झौतापत्र हस्तान्तरण गरेका छन्।

सम्झौतामा आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हस्ताक्षर गरिएको हो। एन्फाले सोमबार म्याट रोससँग एक पत्रकार सम्मेलन पनि आयोजना गरेको छ।

तपाईको प्रतिक्रिया