नेपाली जनताले द्वन्द्वका घाउलाई बिर्सन चाहन्छन्, पीडितलाई न्याय दिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले द्वन्द्वका घाउलाई बिर्सन चाहेको बताएका छन्। आज जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित सङ्गठनद्वारा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसाको बाटो छोडिसकेकाले अब पीडितलाई न्याय दिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले भने, “सबै नेपाली जनता द्वन्द्वका घाउलाई बिर्सन चाहन्छन्। हामी हिंसाको बाटो अब छोडिसकेका छौं, अब पीडितलाई न्याय दिनुपर्छ।” उनले जनयुद्धलाई उत्सवको रूपमा मनाउने वा सार्वजनिक बिदा दिने जस्ता गतिविधिहरू आवश्यक नभएको पनि स्पष्ट पारे।

उनले थपे, “अठार वर्षसम्म शान्ति प्रक्रियाले पूर्णता प्राप्त नगर्दा हामीलाई अन्तर्राष्ट्रियस्तरमा लाज लाग्ने स्थिति भएको छ। अब हामीलाई यो काम पूरा गर्न गम्भीर हुनु पर्छ। गम्भीर मानव अधिकार उल्लङ्घन गर्नेहरूलाई कारवाही गरिनेछ।” प्रधानमन्त्री ओलीले भने, “जनयुद्धलाई उत्सवको रूपमा मनाउने र सार्वजनिक बिदा दिने कुरा गरिरहनु गलत हुनेछ। यस्ता कुरा पीडितलाई अझ बढी दुःख र पीडा पुर्याउन सक्छ।”

तपाईको प्रतिक्रिया