नेपाली फुटबल टिम स्वदेश फर्कियो

काठमाडौँ। मलेसिया पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ। नेपाली टिम बिहीबार राति ८ बजे बाटिक एयरमार्फत स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ।

नेपाली टिमलाई एन्फाका प्रवक्ता सुरेश शाह र अन्य पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए।

नेपालले मलेसियामा दुई खेलहरू खेलेको थियो। पहिलो, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दै १–० को जित निकालेको थियो। यो सिंगापुरविरुद्ध नेपाली टिमको पहिलो जित हो। दोस्रो, एएफसी एसियन कप क्वालिफायरमा मलेसियासँग खेल्दै २–० को हार बेहोरेको थियो।

तपाईको प्रतिक्रिया