नेपाली महिला फुटबलको वरियता सुधार

काठमाडौं : नेपाली महिला फुटबल टिमको फिफा  रैंकिङ सुधार भएको छ। नेपाल ४ स्थान अगाडि बढ्दै १०३ औं स्थानबाट ९९ औं स्थानमा पुगेको हो।

नेपालको प्रदर्शन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चार राष्ट्रको महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आधारित रहेर रैंकिङमा सुधार आएको हो।

नेपालले चार राष्ट्रीय प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई १–०, लेबनानलाई १–० ले हराएको थियो। तेस्रो खेलमा म्यानमारसँग २–२ को बराबरी गरेपछि, फाइनल खेलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको हो।

दक्षिण एशियाली राष्ट्रहरूको स्थितिमा भारत ६९ औं स्थानमा रहेको छ भने, बंगलादेश एक स्थान तल झर्दै १३३ औं स्थानमा छ। पाकिस्तान १५७ औं, श्रीलंका १५८ औं र माल्दिभ्स १६३ औं स्थानमा छन्। भुटान पनि एक स्थान सुधार गर्दै १७१ औं स्थानमा पुगेको छ।

तपाईको प्रतिक्रिया