नेपाल मलेसियासँग पराजित, एएफसी एसीयन कप छनोटमा २-० को हार

काठमाडौं : एएफसी एसीयन कप छनोट अन्तर्गत नेपाल मलेसियासँग पराजित भएको छ। मलेसियाको जोहोर स्थित इब्राहिम सुल्तान स्टेडियममा भएको खेलमा नेपालले मलेसियासँग २-० को हार व्यहोरेको हो।

खेलको २९औं मिनेटमा मलेसियाका हेक्टर हेभलले गोल गर्दै मलेसियालाई अग्रता दिलाए। दोस्रो हाफमा, ७०औं मिनेटमा आरिफ एमनको पासमा कोरविन वोङले गोल गर्दै मलेसियाको अग्रता दोब्बर गरे।

आजको खेलमा नेपालका लागि रेजिन सुब्बाले डेब्यु गरेका थिए।

नेपालले मलेसियासँग अब तक ८ पटक प्रतिस्पर्धा गरेको छ, र आजको हारसँगै नेपालले सातौं पटक मलेसियासँग पराजित भएको हो। नेपालले आठौं खेल खेले पनि मलेसियासँगको सामना मा गोल गर्न सकेको छैन।

सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसीयन कपको अन्तिम चरणको छनोटमा नेपालले मलेसिया, भियतनाम र लाओससँग होम एण्ड अवे आधारमा खेल्नेछ। यस खेलको समूह विजेताले एसिया कपमा स्थान बनाउनेछ।

तपाईको प्रतिक्रिया