नेप्से परिसूचकको लगातार ओरालो यात्रा, कारोबार रकम पनि घट्यो

काठमाडौं : नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ अंकमा अडिएको छ। यस दिन ३०८ कम्पनीका २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँमा खरिदबिक्री भयो।

नेप्से परिसूचक घटेपनि समाज लघुवित्त, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र उन्नति सहकार्य लघुवित्तका सेयर सर्किट लेभलमा कारोबार भए।

कारोबार रकमका हिसाबले हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ९६ करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। आज ट्रेडिङबाहेक सबै समूहका सूचक घटेका छन्, जसमा सबैभन्दा बढी फाइनान्स समूहको सूचक १.५७ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया