नेप्से परिसूचक सामान्य वृद्धि, ११ अर्बभन्दा बढीको सेयर कारोबार

काठमाडौं: आज नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७४ विन्दुमा पुगेको छ। यसदिन ३१० वटा स्क्रिप्टका २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँमा खरिदबिक्री भएका छन्।

आज एक मात्र कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले वृद्धि भएको हो। त्यस्तै राप्ती हाइड्रोको सेयर ९.४७ प्रतिशत, बोटलर्स नेपालको ८.४७ प्रतिशत र नेपाल हाइड्रोको सेयर ७.१३ प्रतिशतले वृद्धि भएको छ। कारोबार रकमका हिसाबले हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ, जहाँ ८९ करोड ३५ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ।

यसदिन चार समूहको उपसूचक बढ्दा, अन्य समूहका उपसूचक घटेका छन्। अदर समूहको उपसूचक सर्वाधिक २.५० प्रतिशतले वृद्धि भएको छ।

तपाईको प्रतिक्रिया